अवैध भरुवा बन्दुकसहित गिरी पक्राउ

७ बैशाख ७७, सोमबार

८ वैशाख, कैलाली ।
कैलालीमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

मोहन्याल गाउँपालिका वडा नं ३ फल्ले विसौनीका चन्द्र राज गिरीको घरमा सो अवैध बन्दुक फेला परेको हो । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक अनिस भण्डारीको टोलीले खान तलासी गर्दा सो वन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीषक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

गिरीकै घरबाट ३६.९ क्यु .फि सालको अवैध काठ पनि बरामत गरिएको उनले बताए । ४५ बर्षिया धनसरा गिरीलाई नियन्त्रणमा लिएको र अर्का चन्द्रराज गिरी फरार भएको उनले बताए । अहिले उनको खोजी कार्य र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top