लकडाउनको आज २८औं दिन, अत्यावस्यक काम तथा सेवाहरु सुचारु

७ बैशाख ७७, सोमबार

८ वैशाख, काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरिएको आज २८ औं दिन ।

कोभिड–१९ को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेपछि दैनिक जीवन प्रभावित भएको छ । सामाजिक दुरी कायम गर्न अवलम्बन गरिएको बन्दाबन्दिको अवस्थामा अत्यावस्यक काम र सेवाहरु भने सुचारु छन् । सोमबार पनि काठमाडौंमा नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ ।

काठमाडौं उपत्यकामा बिहानको समयमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसल सम्म पुगेको भने देखिन्छ । सुरक्षाकर्मीहरु लकडाउन पालना गराउन सडकमा खटिएका छन् । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् ।

Advertisement

अत्यावश्यक सेवाका सवारी साधन गुडिरहेका छन् । सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय बढाएको छ । नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top