लकडाउनका बीच आन्तरिक उडान खुलाउन सरकारको गृहकार्य

८ बैशाख, काठमाडौँ ।
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ । वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताए। भारतसँग खुला सीमानाका जोडिएकाले संक्रमणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुचारु कहिले गर्ने भन्ने विषय निक्र्यौल गर्ने उनले बताए ।

उनले भने, ‘‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ । संक्रमितको संख्या, छिमेकीमुलुकको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने÷नखोल्ने निर्णय गर्छौँ । हतारिएका छैनौँ । मुख्य कुरा कोरोनाभाइरस नियन्त्रण गर्ने हो ।’’

Advertisement

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो । अहिले आन्तरिक उडान पनि सोही समयसम्मका लागि बन्द गरिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top