पकली—नडाहा सडक विवादमा सहमति

१४ चैत ७४, बिहीबार

इटहरी, चैत १५
प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद् एवम इटहरी उपमहानगरपालिकाका प्रमुख र विभिन्न राजनीतिक दलका नेताहरु सुनसरीको पकलीस्थित कान्छीचोक—नडाहा सडक खण्डमा उत्पन्न विवादमा पुरानो निर्णयलाई कार्यान्वयन गर्नुपर्ने विषयमा पूर्ण सहमत बनेका छन् ।

 

प्रतिनिधिसभा सांसद् एवम् पूर्वयातायात राज्यमन्त्री सीताराम मेहता, प्रदेश सांसद सर्वध्वज साँवा तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र नेपाली काँग्रेसका नगर सचिव प्रकाश बस्नेतलगायतका नेताहरुले विसं २०२४ सालमा नै उक्त सडक निर्धारण गरी नाप नक्सासमेत गरिएकाले त्यसैलाई मान्यता दिनुपर्ने बुधबार उहाँहरुले साझा अवधारणा सार्वजनिक गर्नुभएको छ ।

Advertisement

सडक विभागले भने सडक विस्तार एवम् निर्माण गर्ने क्रममा हालको होक्राहा खोलासँग जोडिएको नम्बरी जग्गामा रहेको इलाका प्रहरी कार्यालय, कान्छीचोक तथा अरू सर्वसाधारणको नम्बरी जमिनमा निर्माण गरिएका घरसमेत बेदखलमा पर्नसक्ने भन्दै सडक विभागले पुरानै नाप नक्सालाई मान्यतामा लिएर सडक विस्तार एवम् निर्माण गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

पूर्व–पश्चिम राजमार्ग निर्माण एवम् नक्साङ्कनका क्रममा हालको होक्राहा खोला पूर्वपट्टिबाट उत्तरतर्फ सडकको जमिन रहेको नापनक्सा गरेकाले लामो समय सडक निर्माण नभएको अवस्थामा सडकको जमिन अतिक्रमण गरी बनाइएका केही घर बस्ती उठाएर सडक लैजानु नै उपयुक्त हुने पनि नेता र स्थानीय तहको तर्क रहेको छ ।

काँग्रेस नेता प्रकाश बस्नेतले सडकको जमिनमा बसोबास रहेका ७–८ घरमध्ये एक दुई बाहेक अन्य हुुुनेखाने परिवारको घर रहेकाले केही मुआबजा दिएर भए पनि सडक विभागले होक्राहा खोलामा अर्को पक्की पुल हालेर आफ्नो जमिन क्षेत्रबाट नै सडक लैजान न्यायसंगत हुने तर्क अघि सारे ।

विवादित स्थल र सडकको यथार्थ अवस्थाका विषयमा अवलोकन गर्ने क्रममा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले पनि सडक विभागले आफ्नो पुरानो तथ्यका आधारमा नै सडक एवम पुल बनाउनुपर्ने तर्क अघि सार्नुभएको छ । सडक विभागले कान्छीचोक—नडाहा—चतरा हुँदै सप्तरीको कञ्चनपुरसम्म सडक निर्माण गर्दै आएको छ ।
रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top