Nepal Times
Nepal Times
3
Shares

कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

राजविराज, चैत्र १५
जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् ।

 

जिल्ला कृषि विकास कार्यालय, सप्तरीमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ६३ कृषक समूहलाई कृषि प्रयोजनका लागि स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मो्मिटर प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिए ।

सो अवसरमा प्रदेश नम्बर २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरी जिल्लाका ६३ वटा कृषक समूहलाई स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्माेमिटर हस्तान्तरण गरे ।

कृषि सूचना प्रणालीको माध्यमबाट कृषक, कृषक समुदाय तथा सरोकारवालालाई पूर्व सूचना प्रणालीअन्तर्गत कृषिसँग सम्बन्धित सूचनाहरु प्रवाह गर्ने र अनुकुलनात्मक मौसमलाई सहजीकरण गरी कृषि उत्पादनमा अभिवृद्घि गर्ने उद्देश्यले सो उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत यादवले जानकारी दिए ।

सो क्रममा मन्त्री साहले कृषि प्रयोजनका लागि सहयोग गरिएको उपकरणको सदुपयोग गर्नसमेत कृषक समूहलाई आग्रह गरे । साथै प्रदेश सरकार सञ्चालन र आर्थिकभार बहन गर्नसक्ने आधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकतामा कृषि क्षेत्रलाई राखिएको समेत उनले बताए ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित जलवायु समुत्थानसम्बन्धी नमुना कार्यक्रमअन्तर्गत कृषि उपकरण वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयबाट बुझिएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.