×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

कालाजार रोग सार्ने भुसुनाको अध्ययन

१५ चैत्र २०७४

पाल्पा, चैत १५
रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ । विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र, काठमाडौँ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौँले कालाजारबारे अध्ययन थालेको हो ।

 

Advertisement
Advertisement

गएको असारमा फोक्सिङ्गकोट कोटथर निवासी नरबहादुर पाडेलाई लगातार ज्वरो आउने, शरीर कमजोर हुने, पेट फुल्ने समस्या आएपछि तानसेनस्थित मिशन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा उपचार गराउँदा पनि निको नभएपछि काठमाडौँ पठाइएको थियो ।

काठमाडौँमा जाँच गर्दा कालाजारका किटाणु देखिएकाले रोग सार्ने ससाना भुसुनामा समेत यसका किटाणु हुनसक्ने भएकोले ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशन अनुसार भुसुनाका नमुना संकलन गरिएको जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र काठमाडौँका अनुसन्धान अधिकृत विवेककुमार सिंहले बताए ।

संक्रमित भुसुनाले मानिसलाई टोक्दा कालाजार रोग लाग्ने गर्दछ । जीउ कालो हुँदै जाने, दुई हप्ताभन्दा बढी समय ज्वरो आउने, भुँडी सुन्निएर बायाँतर्फ सर्दै जाने तथा बिरामी कमजोर हुँदै जानु कालाजारका लक्षणहरु हुन् ।

Advertisement
Advertisement

चरणबद्ध अनुसन्धानपछि भुुसुनामा कालाजारका किटाणु भेटिए यस क्षेत्रमा भुसुना मार्ने अभियान सञ्चालन गरिने अनुसन्धान अधिकृत विवेककुमार सिंहले बताए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top