अभिनेता पल शाहले ५५ जना असहाय बालबालिकालाई खाना खुवाए

९ बैशाख ७७, बुधबार

९ बैशाख, काठमाडौँ ।
अभिनेता पल शाहले ५५ जना द्वन्द्वपीडित तथा अपाङ्ग असहायहरूलाई खाना खुवाएका छन् । उनले सोमबार साँखुमा रहेको एक आश्रममा पुगेर त्यहाँ रहेका असहायहरूलाई खाना खुवाएका हुन् ।

पल समाजसेवी विमल पन्तको समूहसँग मिलेर आश्रममा पुगेका थिए । पलका अनुसार आश्रममा दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरू छन् । पल र समूहले उनीहरूलाई खाना खुवाउनुका साथै केही खाद्यान्न पनि सहयोग गरेका छन् ।

यसअघि पलले लकडाउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको राहत वितरण गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top