×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

विश्वविद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न मन्त्रालयको निर्देशन, १० विश्वविद्यालयले बुझाए प्रतिवेदन

१० बैशाख २०७७

१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मुलुकका सबै विश्वविद्यालयको अवस्थाबारे जानकारी लिँदै सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि सबै विश्वविद्यालयका उपकुलपतिसँग भिडियो कन्फ्रेन्समार्फत सबै विश्वविद्यालयको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । त्यही बेला मन्त्री पोखरेलले मन्त्रालयमा आ–आफ्नो पढाइ शुरू गर्ने योजनासहित प्रगति विवरण पेस गर्न निर्देशन दिएका थिए । लगत्तै मन्त्रालयमा सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको थियो ।

Advertisement

मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव रामशरण सापकोटाले सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको र सोहीअनुसार काम शुरू गरिसकेको जानकारी गराए । उनका अनुसार मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर, एमफिल र पीएचडी तहको पठनपाठन अनलाइनमार्फत शुरू गरिसकेको, केही विभागले कार्ययोजना निर्माण गरिसकेको जनाएका थिए ।

त्यस क्रममा अधिकांश विश्वविद्यालयले मेडिकल र ननमेडिकल विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेको विवरण पेस गरेका छन् ।

पोखरा विश्वविद्यालयले अनलाइनबाट पढाउन शुरू गरेको र करिब ९ सय विद्यार्थीलाई कोरोना भाइरस रोकथामको गर्न स्वयंसेवकका रूपमा परिचालन गराएको प्रतिवेदन दिएको छ । काठमाडौं विश्वविद्यालयले मास्क र सेनिटाइजर उत्पादन गरी विभिन्न निकायमा निःशुल्करूपमा वितरण गरेको, अनलाइन कक्षा सञ्चालन, ज्वरो क्लिनिक र कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेको उल्लेख गरेको छ ।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयले सेनिटाइजर निर्माण गरी वितरण गरेको, माइक्रो बायोलोजी, सिभिल, कृषि, सूचना प्रविधिलगायतका विषयका कक्षा अनलाइनमार्फत सञ्चालन गरेको र ३ सय ४६ जना स्वयंसेवक परिचालन गरेको उल्लेख गरेको छ ।

कृषि तथा वन विश्वविद्यालयले अनलाइन कोर्स सञ्चालन गरेको र विभिन्न क्षेत्रमा १ सय ७५ स्वयंसेवक परिचालन गरेको प्रतिवेदन मन्त्रालयमा पेस गरेको छ । सो विश्वविद्यालयले तितेपातीबाट सेनिटाइजर निर्माण गरी बिक्री शुरू गरेको जनाएको छ ।

महाशाखा प्रमुख सापकोटाले मन्त्रालयले दिएको जिम्मेवारीअनुसार काम भइरहेको जानकारी दिए ।

नेपाल संस्कृत विश्वविद्यालयको मुख्यालयमा कोरोना भाइरस उपचार केन्द्र रहेका कारण तत्काल पढाइ सुचारु गर्न कठिन भएको जनाइएको छ । लुम्बिनी बौद्ध र राजर्षी जनक विश्वविद्यालयले योजना बनाइरहेका छन् ।

Advertisement

सहसचिव सापकोटाले सबै विश्वविद्यालयलाई सम्भव भएसम्म अनलाइन, टिभी, एफएम र अन्य कुनै पनि माध्यमबाट पढाइ शुरू गर्न निर्देशन दिएको बताए । मन्त्रीज्यूको निर्देशनअनुसार १० वटै विश्वविद्यालयले आ–आफ्नो योजना पेस गरेको महाशाखाले जनाएको छ । (रासस)

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top