कोरोना महामारीलाई लिएर अमेरिकारीले चीनविरुद्ध दियो उजुरी

९ बैशाख ७७, बुधबार

१० वैशाख, एजेन्सी ।
कोरोना भाइरसको विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मिजोरी राज्यले चीन सरकार तथा त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टी विरुद्ध मुद्दा दायर गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी चीनका कारण फैलिएको र चीनले जानेरै भाइरस फैलाएको अभियोग लगाउँदै मिजोरीले कानूनी चूनौति दिएको हो । मिजोरीका महान्यायाधीवक्ता एरिक श्मिटले भनेका छन्, चीन सरकारले कोरोना भाइरसको सम्भावित जोखिम र यसको संक्रामक स्वरुपबारे ढाँट्यो ।

रोग नियन्त्रणमा लिनका लागि पर्याप्त प्रयास गरेन । त्यसका लागि चीन जिम्मेवार हुनै पर्छ ।’ कोभिड–१९ बाट भएको मानवीय क्षति, समस्या तथा आर्थिक संकटको क्षतिपूर्ति दिइनु पर्ने माग उजुरीमा गरिएको छ। चीनले भने कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आफूले पर्याप्त काम गरेको बताउँदै आएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top