देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा छन्ः प्रचण्ड

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा छन्ः प्रचण्ड

१० वैशाख, काठमाडौँ ।
नेकपालाई थप बलियो र सुदृढ बनाउनका लागि सबैले आ–आफ्नो स्थानबाट सकारात्मक प्रयास गर्नु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७१ औँ स्थापना दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताउँदै पार्टी थप सुदृढ बनाउनका लागि सकारात्मक पहलको खाँचो रहेको उल्लेख गरेका हुन् ।

प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको उल्लेख गरेका छन् । सन्देशमा उनले भनेका छन्, ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् ।

प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो ।’ नेकपा स्थापनाको ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहलका लागि उनले नेता–कार्यकर्तासँग आग्रह गरेका छन् ।

प्रचण्डको सन्देशमा भनिएको छ, पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यो दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्दछु ।’

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत समाजवाद एवं साम्यवादसम्म पुग्ने लक्ष्यसहित सन् १९४९ अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.