प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन संवाद

१० बैशाख, काठमाडौँ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राख्नुभएको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

साइप्रसका राष्ट्रपतिले नेपालीहरुको उपयुक्त हेरबिचार भइरहकेो र कुनै अप्ठेरो पर्न नदिने भनी आफूलाई आश्वस्त पारेको प्रधामनन्त्री ओलीले ट्वीट गर्दै जनाएका छन् ।

भारत र चीनलाई धन्यवाद
यसैबीच प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गरी आभार व्यक्त गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.