दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(संक्रमित पुगे ४५)
बुधबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो / ७ जना निको भएर घर फर्किए भने ३८ जना उपचाररत ।

२.(परीक्षणको आँकडा)
अहिलेसम्म पिसिआर र ¥यापिड डाइग्नोष्टिक विधिबाट कुल ४० हजार बढीको नमुना परीक्षण / देशभरी ८ हजार ५ सय ९५ जना क्वारेन्टाइनमा /९५ जना आइसोलेसनमा ।

३.(लकडाउनको असर)
कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनको ३० औं दिन पूरा /लकडाउनका कारण अर्थतन्त्रमा र पुननिर्माणको कार्य र बजेटमा समेत अम्भिर असर परेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको भनाई ।

४.(जमातीलाई अपिल)
जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल कोरोना परीक्षण गराउन मुस्लिम संघ नेपालको अपिल / रमदानमा सामूहिक नमाज पढ्ने र रोजागर्ने प्रचलन रहेपनि यो वर्ष घरमा सामाजिक दुरी कायम गरेर पढ्न आग्रह ।

५.(चासोको दायरा बढोस्)
प्रधानमन्त्री केपी शर्मा ओली र साइप्रसका राष्ट्रपति बीच टेलिफोन संवाद / साइप्रसमा रहेका नेपाली नागरिकहरुका बारेमा प्रधानमन्त्रीद्वारा चासो व्यक्त /नेपालीहरुको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा राष्ट्रपतिको प्रतिबद्धता ।

६.(सेनाको कर्तब्य)
नेपाली सेनाद्वारा जीटुजी प्रक्रियामार्फत भारतबाट दुई करोड ४० लाख नेपाली रुपैयाँ बराबरको औषधि खरिद /५३ थरीका औषधि भारत सरकारले उपलब्ध गराएकै बाट ल्याउन लागिएको सेनाको भनाई ।

७.(दक्षिणको सहयोग)
कोरोना भाइरस नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एशियाका लागि उदाहरण्ीाय रहेको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको भनाई /१८ किसिमका २३ टन औषधि नेपाललाई सहयोग

८.(उत्तरको सहयोग)
कोरोनासँग लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रियो/करिब सवा ८ करोड बढीको स्वास्थ्य सामग्री तातोपानी नाकाबाट चिनियाँ पक्षद्वारा स्वस्थ्य मन्त्रालयलाई हस्तान्तरण ।

९.(विपक्षीको बल)
सरकारले ल्याएका अध्यादेशले लोकतान्त्रिक मूल्य र मान्यता समाप्त पारेको भन्दै तत्काल फिर्ता लिन प्रमुख प्रतिपक्ष कांग्रेससहित विपक्षी दलहरुको माग / जनविरोधी कदमविरुद्ध नागरिक समाजका अगुवाहरुसहितको बैठकबाट दबाब दिने निर्णय ।

१०.(आरोप जति अर्कालाई)
नेकपालाई थप बलियो र सुदृढ बनाउनका लागि सबैले आ–आफ्नो स्थानबाट सकारात्मक प्रयास गर्नु पर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई/देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागिरहेको उल्लेख ।

११.(असमझदारीको उपज)
प्रहरीद्वारा ३ जना चिकित्सकमाथि भएको दुव्र्यवहारको विषय त्रिवि शिक्षण अस्पतालका चिकित्सक र महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी अधिकृत समझदारी गरेर काममा फर्किए/ समन्वय अभावमा घटना हुन पुगेको भन्दै दुवै पक्षद्वारा स्वीकार ।

१२.(कुहिएको राहत प्रक्ररण)
राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध मुद्दा दर्ता /अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान जारी ।

१३.(हामीले पनि सिक्ने कि ?)
नेपालसहित दक्षिण एसियाली मुलुकमा रोकिएका आफ्ना विद्यार्थीलाई श्रीलंकाद्वारा विमान चार्टर्ड गरी फिर्ता लैजान सुरु /काठमाडौंबाट शुक्रबार ९३ जना नागरिकलाई श्रीलंका फिर्ता लैजाने ।

१४.(अनिकालको घण्टी)
विश्वमा बिस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको संयुक्त राष्ट्रसंघको चेतावनी/विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड बढी पुग्ने आकलन ।

र,
१५.(महामारीको आँकडा)
महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर १ लाख ७८ हजार बढीको मृत्यु /२५ लाख ७५ हजार बढी संक्रमित /साढे ७ लाख बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top