श्री एअरलाइन्सको विमान औषधि लिन सिङ्गापुर उड्यो

११ बैशाख, काठमाडौं । श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उडेको छ । एक गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज बिहान ७ः५० मा सिङ्गापुर उडेको हो ।

सरकारले किनेको औषधिको भाडा नलिने श्री एअरका प्रबन्धक अनिल मानन्धरले जानकारी दिएका छन् । औषधिको परिमाण भने निकै थोरै छ । गैरसरकारी संस्था र सरकारले खरिद गरेको सहित जम्मा पाँच सय किलोको हाराहारीमा औषधि रहेको मानन्धरले जानकारी दिए ।

जहाज आजै नेपाल फर्कने छ । यसअघि श्री एअरले एक नेपाली सैनिकको शव लिन सुडानको उडान गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top