जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

११ वैशाख, काठमाडौं ।
समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

बिहीबार बिहान निर्वाचन आयोग पुगेर नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । नयाँ दल दर्ताको निवेदन लिएर कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता पुगेका थिए।

निर्वाचन आयोगमा एकीकृत पार्टीका रुपमा ‘जनता समाजवादी पार्टी’ नाममा दर्ताका लागि निवेदन दिइएको छ। झन्डा यसअघि समाजवादीले प्रयोग गरेको हुनेछ भने चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ। नेताहरुको कार्यविभाजन भने भइसकेको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.