×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

लकडाउनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

११ बैशाख २०७७

११ बैशाख, काठमाडौँ । 

 लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो ।

सो समयमा २४ हजार २१८ मेटन दलहन, ४० हजार ९९ मेटन तरकारी, दश हजार ८१८ मेटन फलफूल र दश हजार ९९६ मेटन दुग्धजन्य पदार्थ आयात गरिएको छ । त्यस्तै रु ९७ करोड ६९ लाख ७६ हजार बराबरको तयारी औषधि र रु २१ करोड ९१ लाख १६ हजार बराबरको कच्चा पदार्थ आयात भएको छ ।

मन्त्रालयको तथ्यांकानुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ । दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ ।

सबैभन्दा धेरै दुग्धजन्य पदार्थ ११७ दशमलव ४ प्रतिशतले आयात बढेको छ । त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ । फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ प्रतिशतले घटेको छ ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात तथा निर्यात ठप्प भएको छ । लकडाउनका अवधिमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २३० ट्रक भित्रिएको र १७९ ट्रक बाहिरिएको तथा ६८३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट नब्बे ट्रक भित्रिएको, सात ट्रक बाहिरिएको र तीन हजार १५५ ट्रक रोकिएका छन् ।

भैरहवा नाकावाट १२४ ट्रक भित्रिएको, १५४ ट्रक बाहिरिएको र हाल २३४ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १०२ ट्रक भित्रिएको, १०३ ट्रक बाहिरिएको र १०१ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा आठ ट्रक र काकरभिट्टा नाकामा २८ ट्रक रोकिएका छन् ।

तातोपानी नाकाबाट यही वैशाख ४ गतेयता पाँच कन्टेनर र एक ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन् । वैशाख ४ गते एक ट्रक, वैशाख ६ गते एक कन्टेनर र वैशाख ७ गते चार कन्टेनर नेपाल भित्रिएका छन् । चीनमा कोराना भाइरसको संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका नेपाल सरकारले चैत १२ गते अत्यावश्यक सामान ल्याउनका लागि खोल्ने निर्णय गरेको थियो ।रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top