११ वैशाख, एजेन्सी ।
चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई थप ३ करोड अमेरिकी डलर दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँका लागि उक्त सहयोग गर्ने चीनले घोषणा गरेको हो । चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै दुई करोड डलर सहयोगमा अहिलेको तीन करोड डलर थप सहयोग दिन लागिएको बताएका हुन् ।
केही दिनअघि अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको थियो । अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको आरोप लगाउँदै उसलाई अहिलेसम्म दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई पक्षपात गरेको आरोप लागाएका थिए ।
चीनको सहयोगले विश्वका मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउन सहयोग पुग्न सक्ने बताइएको छ । अहिले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस सबैभन्दा पहिला चीनको वुहानमा देखिएको थियो ।
चीनले अमेरिकालगायत विश्वका सबै मुलुकहरुलाई डब्ल्यूएचओलाई सहयोग गर्न आग्रह गरिरहेको छ । उसले डब्ल्यूएचओले कसैलाई पक्षपात नगरेको पनि बताउँदै आएको छ ।चीनले महामारीको विषयमा वास्तविक तथ्यांक लुकाएको पश्चिमा मुलुकको आरोपलाई अस्वीकार गर्दै आएको छ ।