१२ बैशाख, विराटनगर । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिकाका १९ वर्षीय सन्देश लिम्बू, २१ वर्षीय कुमार राई र १६ वर्षका अन्य दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा नजिक घारीमा लगेर १६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ती युवकहरुले जबर्जस्ती घारीमा लगेर धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितसहितको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
डीएसपी मानबहादुर राईका अनुसार उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरी पीडकहरुको खोजी गरिएको थियो । त्यस क्रममा उनीहरु बुढीगंगा गाउँपालिका वडा ६ मा लुकेर बसेको स्थानबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरुसँग सोधपुछ लगायत अनुसन्धानको काम अघि बढाएको डिएसपी राईले बताए ।