×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

भोजपुरमा कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक

१२ बैशाख २०७७

१२ बैशाख, भोजपुर । 

भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ । हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।

Advertisement
Advertisement

पौवादुङमा गाउँपालिका–६ ठूलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सिमानामा पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

त्यस्तै मार्ताङ नाकासँगै र धनकुटासँग सीमा जोडिएको अँधेरीघाट नाकामा क्वारेन्टाइन निर्माण गरिएको र कोही सुरक्षाकर्मीको आँखा छलेर लुकीछिपी गाउँपालिका प्रवेश गरेको पाइएमा २१ दिनसम्म सीमाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेर मात्र गाउँपालिकामा प्रवेश गर्न दिइने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । राईले आफ्ना नागरिकलाई जहाँ छन् त्यहाँ सुरक्षितरुपमा बस्न अनुरोध गर्दै गाउँपालिकाभित्र पनि आवतजावतमा पूर्णरुपमा बन्द गरिएको बताए ।

अध्यक्ष राईले भने, ‘हाम्रो सीमा जोडिएको स्थानीय तहमा कोरोना पुष्टि भइसकेको छ, अब हामी अझ सचेत हुने अवस्था आएको छ, यसर्थ हतुवागढी गाउँपालिकासँग सीमा जोडिएका क्षेत्रबाट आवतजावतमा कडाइ गरेका छौँ भने गाउँपालिकाका नागरिकलाई अन्य क्षेत्रमा जान पूर्णरुपमा बन्द गरेका छौँ, गाउँपालिका बाहिर रहेका आफ्ना ठाउँका नागरिकलाई गाउँपालिकाले राहतको व्यवस्था मिलाएको छ ।’

सुरक्षाकर्मीसँगै सबै वडाका स्थानीय युवा सीमा नाकाको सुरक्षामा रहेको अध्यक्ष राईले जानकारी दिए । ‘सुरक्षाकर्मीसँगै स्थानीय युवा आफैँ आफ्नो ठाउँको सुरक्षामा लागेका छन्, मध्यपहाडी लोकमार्ग पनि हाम्रो स्थानीय तह हुँदै जाने भएकाले त्यहाँ पनि कडाइ गरिएको छ, कतिपय अवस्थामा एम्बुलेन्सको प्रयोग गरेर मानिसहरु ओसार–प्रसार गरेको सुनिएको साथै ढुवानीका साधनले पनि मानिस ओसारप्रसार गरेको पाइएकाले त्यसो नगर्न हामीले अनुरोध गरेका छौँ, त्यस्तो भेटिएमा कारवाहीको दायरामा ल्याइने छ’, अध्यक्ष राईले भने ।

Advertisement
Advertisement

भोजपुरको हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार गत फागुन ३० मा साउदी अरबबाट आएका ती युवकमा कोरोना पुष्टि भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top