कोरोना भाइरसभन्दा ओली प्रवृत्ति खतरनाकः बाबुराम भट्टराई

१२ बैशाख ७७, शनिबार

१३ वैशाख, काठमाडौं ।
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ओली प्रवृत्ति खतरनाक भएको टिप्पणी गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओलीको चरित्रलाई भष्मासुरको समेत संज्ञा दिएका छन्। ‘अति भएपछि खति हुन्छ’, उनले लेखेका छन्, ‘यो कोरोना भाइरसभन्दा खतरनाक ओली प्रवृत्ति सदाका निम्ति विदा गरौँ ।

नत्र यो भष्मासुरले सखाप पार्नेछ।’ भट्टराईले सबै पार्टीहरू, सञ्चार माध्यम, नागरिक अभियन्ता लगायतले ‘ओली प्रवृत्ति’ को छिटोभन्दा छिटो अन्त्य गुर्नपर्ने बताएका छन्। भट्टराईले प्रधानमन्त्री ओलीको कार्यशैलीलाई विश्वका विभिन्न तानाशाहसँगसमेत तुलना गरेका छन्।

Advertisement

उनले जर्मन शासक हिटलर, रुसी नेता स्टालिन तथा रुमानियाका कम्युनिष्ट नेता निकोलाइ चाउचेस्कुसँग तुलना गरेका हुन्। उनले यी शासकले आफ्नै प्रवृत्तिका कारण पतन हुनु परेको धारणा राखेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top