सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन पुगे जनता समाजवादीका नेता

१४ बैशाख ७७, आइतबार
Share this
774shares

१४ वैशाख, काठमाडौं ।
आफ्नो पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण उजुरी गर्न जनता समाजवादीका नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् ।

Advertisement

उनीहरुले नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए।

उजुरी दिन पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा सांसद सुरेन्द्र यादव परिसर पुगेका छन्। हालै एकीकरण भएका राजपा र समाजवादीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल गरी परिसर पुगेका हुन्।

Advertisement

वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top