ब्लड क्यान्सरले मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ

१४ वैशाख, वीरगञ्ज ।
आरडीटी परीक्षणमा तीन पटक एन्टीबडी पोजिटिभ देखिएकी युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् ।

आरडीटीमा पोजिटिभ देखिएपछि उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको थियो । उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

तराई रिसर्च अस्पताल र नारायणी अस्पतालमा उनको आरडीटी परीक्षण गरिएको थियो। नारायणी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो।

Advertisement

आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना डिस्चार्ज भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top