×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

लकडाउनमा बाहिर निस्किएको भन्दै पत्रकार पक्राउ, महासंघद्वारा निन्दा

१५ बैशाख २०७७

१५ वैशाख, चितवन।
नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका समयमा बाहिर निस्किएको भन्दै चितवनको भरतपुरस्थित चौबिसकोठीबाट प्रहरीले दुई जना पत्रकारलाई नियन्त्रणमा लिएको छ ।

कोरोना संकटको समयमा समेत आफ्नो जीवनको प्रवाह नगरी समाचार संकलनमा निस्किएका कायकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई सोमबार बिहान १० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Advertisement
Advertisement

पत्रकारले परिचपत्र देखाउँदासमेत लकडाउनमा कसैलाई नचिन्‍ने भन्दै नियन्त्रणमा लिएर पत्रकार महासंघको रोहबरमा डेढ घण्टापटि रिहा गरिएको बताइएको छ ।
पत्रकारहरुलाई प्रहरीद्वारा गरिएको दुर्व्यवहार र गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ, चितवन, प्रेस संगठन नेपाल, चितवन र नेपाल प्रेस युनिय चितवले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ, पत्रकारलाई दुर्व्यवहार गरी सवारीसाधनसमेत नियन्त्रणमा लिई गरिएको गिरफ्तारीको घोर भर्त्सना गर्दछौ । पत्रकारको परिचय पत्र लगाएर कार्यक्षेत्रमा खटिएका रिजाल र अधिकारीलाई नियन्त्रणमा लिई भरतपुरको कर्भडहलमा रहेको क्‍वारेन्टाइनमा राखिएको बताइएको छ ।

Advertisement
Advertisement

संकटको बेला राज्य संयन्त्रले आमनागरिकलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नुपर्नेमा उल्टै कार्यक्षेत्रमा खटिएका पत्रकाहरुमाथि दुर्व्यवहार गरी गिरफ्तार गर्ने कार्यमा संलग्‍न प्रहरीलाई कारबाहीको माग गर्दै पत्रकारको सवारीसाधन र सञ्‍चारसाधन जबरजस्ती नियन्त्रणमा लिने क्रममा भएको क्षतिको पूर्तिको माग गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top