कालोबजारी गरेको आरोपमा वीरगन्जका उद्योगपति मोहनलाल अग्रवालसहित ५ जना पक्राउ

कालोबजारी गरेको आरोपमा वीरगन्जका उद्योगपति मोहनलाल अग्रवालसहित ५ जना पक्राउ

१५ वैशाख, बारा ।
वीरगन्जका उद्योगपति मोहनलाल अग्रवाल (चाचान)सहित ५ जनालाई कालोबजारी गरेको आरोपमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

उनी चाचान ग्रुपका उद्योगपति हुन् । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित नारायणी मोडर्न पल्सेस इन्डस्ट्रिजका उनी सञ्चालक हुन्। उनीसहित उनको उद्योगका प्रतिनिधि सुनिल शर्मा पनि पक्राउ परेका छन्।

लकडाउनको मौका छोपेर मसुरोको दाल बढी मूल्यमा बिक्री गरेको उनीमाथि आरोप छ। लकडाउनअघि प्रति केजी ८० देखि ८५ रूपैयाँमा बिक्री गरिएको दाल लकडाउनपछि ९४ देखि ९८ रूपैयाँमा बिक्री गरिएको पाइएकोले हिरासतमा लिइ अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए। उनीहरूलाई जिल्ला प्रहरीमा राखिएको छ।

यसैगरी त्यहीँ आरोपमा श्रीकृष्ण दाल उद्योगका पवनकुमार साह र सुरेश प्रसादलाई पक्राउ गरिएको छ। यसरी महावीर ओभरसिज प्रालिका सन्तोष झालाई पक्राउ गरिएको छ। कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ बमोजिम मुद्दा चलाइएको प्रहरीको भनाइ छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र बाराका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले अनुगमन गरि कारबाहीको निर्देशन लिन विभाग पठाएको थियो। विभागले निर्देशन दिएपछि प्रजिअको आदेशमा पक्राउ गरिएको प्रहरीले जनायो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.