×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

शहरी विकासमा आगामी वर्ष नयाँ योजना थप नहुने

१६ बैशाख २०७७

१६ वैशाख, काठमाडौं ।
शहरीविकास मन्त्रालयअन्तर्गत आगामीवर्षकालागिनयाँ योजनाहरु थपनहुने भएका छन् ।

गतवर्षका योजनाहरुलाई निरन्तरता दिनेगरी अर्थ मन्त्रालयबाट बजेट प्रस्ताव गर्न निर्देशन भएपछि नयाँ योजनाहरु थप नहुने भएकाहुन् । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अर्थ मन्त्रालयको निर्देशनअनुसार बजेट प्रस्ताव गरिएको बताए ।

मंगलबार मन्त्रालयमा भएको छलफलपछि सचिव अधिकारीले नराखी नहुने केही कार्यक्रम बोहक अरु नयाँ कार्यक्रमनथपिने स्पष्ट पारे । उनले भने , ‘‘अर्थ मन्त्रालयबाट गत वर्षका आयोजनालाई निरन्तरता दिनेगरी नयाँ योजनामा बजेट प्रस्ताव नगर्न निर्देशन भएको छ ।

त्यहीअनुसार बजेट प्रस्ताव गरी अर्थ मन्त्रालयमा पठाएका छौँ । नराखी नहुने कार्यक्रमबाहेक अन्य थपिदैनन् । गत वर्षका कार्यक्रमलाई निरन्तरता दिनेगरी आगामी वर्षको बजेट आउँछ ।’’ मंगलबार शहरी विकास मन्त्रालयमा भएको छलफलमा सहभागि सांसदहरुले एक निर्वाचन क्षेत्रमा एक योजना पर्ने गरी बजेट प्रस्ताव गर्नुपर्ने सुझाव दिएका छन् ।

विगतका वर्षहरुमा शक्ति र पहुँचका आधारमा योजनाहरु पर्ने परम्परा तोड्दै समानुपातिक ढंगले बजेट विनियोजन गर्न सांसदहरुले सुझाव दिएका हुन् । सांसद गणेश पहाडीले एउटा निर्वाचन क्षेत्रमा एउटा कार्यक्रम नछुट्ने गरी बजेट बनाउन आग्रह गरे ।

सांसद जीवनराम श्रेष्ठले बजेट वितरण नीति ठिक नभएका कारण कसैकोमा बजेट नपर्ने कसैको धेरै पर्ने गरेको बताए । वितरण प्रणालीलाई सुधार गर्दै सन्तुलित र न्यायोचित ढंगले बजेट वितरण गर्न उनले सुझाव दिए । सांसद नारायण प्रसाद खतिवडाले भने एक निर्वाचन क्षेत्र एक कार्यक्रमभन्दा पनि गत वर्षको अवस्था हेरेर वितरण गर्नुपर्ने बताए ।
छलफलमा सहभागि शहरी विकास तथा भवन निर्माण विभागक ामहानिर्देशक मणिराम गेलालले विगतमा सञ्चालित कार्यक्रमहरुका लागि बजेट नपुग्ने अवस्थामा नयाँ कार्यक्रम थपिने अवस्था नभएको बताए । गतवर्षकै योजनाहरु सम्पन्न गर्न ५० अर्ब भन्दा बढी अपुग रहेको उनको भनाई छ ।

अर्थ मन्त्रालयले समेत विगतका आयोजनाहरुलाई प्राथमिकता दिएर योजना प्रस्ताव गर्न निर्देशन दिएका कारण नयाँ आयोजना थपिने सम्भावना कम रहेको उनको भनाई छ । महानिर्देशक गेलालले अहिलेसम्म १ खर्व, ७ अर्ब, ३ करोड ९५ लाख बराबरका आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको बताए ।

सञ्चालित आयोजनाहरुमा असार मसान्तसम्म ५७अर्ब मात्रै खर्च गर्न सकिने अवस्था रहेको उनको भनाई छ । अझै पुराना आयोजनाहरुका लागि ५० अर्ब अपुग रहेपनि आगामी वर्ष अर्थले २४ अर्ब रकमको सिलिङ पठाएकोमा कर्मचारीहरु र कार्यालय व्यवस्थापनको खर्च कटौती गरेर विकास निर्माणमा करिब १८ अर्ब मात्रै विनियोजन हुने बताए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top