काठमाडौं उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

१६ बैशाख ७७, बुधबार

१६ बैशाख, काठमाडाैँ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ सहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताएका छन् ।

मन्त्रालयमा आज सांसदहरुसँगको छलफलमा राज्यमन्त्री मानन्धरले प्रस्तावित टोखा छहरे सुरुङमार्ग, निर्माणाधीन नौबिसे सुरुङमार्ग आदि आयोजनाका साथै वैकल्पिक चक्रपथसहितको नयाँ शहर निर्माणलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

Advertisement

उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तरगत नुवकोटको छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छी, नौबिसे, गल्छिदेखि नुवाकोटको चाउथे, बन्चरेडाँडा र काठमाडौँको तिनपिप्लेलाई नयाँ सहर निर्माण गर्न लागिएको हो ।

राज्यमन्त्री मानन्धरले नयाँ बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने र कम्तीमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराइ जस्ताको छानोमुनी बसाल्ने योजना रहेको जानकारी पनि दिए ।

Advertisement

मन्त्रालयका सचिव मधुसूदन अधिकारीले केही नयाँ कार्यक्रमसहित बजेटको तयारी थालिएको जानकारी दिए । सचिव अधिकारीले मन्त्रालयले चालु अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै वैकल्पिक चक्रपथसहितको नयाँ शहर आयोजना र कम्तिमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउनेगरी बजेट आउने जानकारी दिए ।

दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले यसअघि सांसदहरुलाई छलफलमा नबोलाउँदा बजेट व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै छलफल आयोजना गरिएकामा खुशी व्यक्त गरे । काडमाडौँका सांसद जीवनराम श्रेष्ठले काठमाडौंका केही स्थानहरु दुर्गमसरह रहेकाले प्राथमिकताका साथ कार्यक्रम ल्याउन आग्रह गरे ।

छलफलमा बैतडीका सांसद दामोदर भण्डारी, सिन्धुलीका सांसद गणेश पहाडी, नुवाकोटका सांसद नारायण खतिवडा, बाजुराका सांसद लालबहादुर थापा, डोटीका सांसद प्रेम आले, कैलालीका नारदमुनि राना, नुवाकोटका सांसद बहादुरसिंह लामालगायतको उपस्थिति थियो ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top