धारिलो हतियार प्रहारबाट दुई जना गम्भीर घाइते

धारिलो हतियार प्रहारबाट दुई जना गम्भीर घाइते

१७ वैशाख, वीरगञ्ज ।
पर्साको कालिकामाई गाउँपालिकामा धारिलो हतियार प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् ।

कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीबर्वा टोलका सुजायत मिया र उनकी बुहारी गम्भीर घाइते भएकी हुन् । उनीहरुलाई छिमेकी बिकाउ ठाकुरले रक्सी सेवन गरि मंगलबार राति धारिलो हतियार गडासी प्रहार गरेर घाइते बनाएका हुन् ।

ठाकुरले रक्सीको मातमा छिमेकी मियाँ र उनकी बुहारीमाथि गडासीले प्रहार गरि घाइते बनाएका हुन् । गत आइतबार ठाकुर छिमेकी मियाँबिच घरायसी विवाद समेत भएको थियो । अचानक ठाकुरले गएराति गडासीले दुवैजनामाथि प्रहार गरेका थिए । गडासी प्रहारबाट मियाँको टाउको र उनकी बुहारीको पिठ्युमा घाउ लागेको छ ।

गडासी प्रहार गर्ने ठाकुरलाई ईलाका प्रहरी कार्यालय कालिकामाईले नियन्त्रणमा लिएको छ । घाइते ठाकुर र उनकी बुहारीलाई उपचारको लागि वीरगञ्ज ल्याइएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कालिकामाईले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.