सनराईज बैंकले पिपिई वितरण गर्याे

१६ बैशाख ७७, बुधबार

१७ वैशाख, काठमाडौं ।

कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराईज बैंले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ ।

पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पिपिई उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान पिपिई उपलब्ध गराइएको बताए ।

Advertisement

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पिपिई उपलब्ध गराईरहेको उनले बताए । पिपिई बुझेपछि श्री मेमोरियल अस्पताल काभ्रेका डा. शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पंक्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पिपिई महत्वपूर्ण भएको बताए ।

अस्पतालको कार्डियोलोजि विभागका निर्देशक समेत रहेका डा. सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पिपिईबिना उपचार सम्भव नभएको बताए । महामारीको समयमा बैंकले पिपिई उपलब्ध गराएकोमा उनले बैंकलाई धन्यवाद समेत दिए ।

Advertisement

कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top