१७ वैशाख, काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसनअफ नेपालले वैशाख २५ गते पछि पनि लकडाउनले निरन्तरतापाए अटोमोबाइल्स क्षेत्र धारासायीअवस्थामापुग्ने बताएको छ ।
करिब दुई महिनादेखि व्यापार ठप्प रहेको अवस्थामा ठूलो आर्थिक क्षतिभइसकेको र अवपनि लकडाउनले निरन्तरतापाएझनै समस्या बढ्ने नाडाले बताएको छ । नाडाकाअध्यक्ष कृष्णप्रसाददुलालले दुई महिनादेखि उद्योग व्यवसाय र प्रतिस्ठानहरु बन्द रहेको र खर्चमाकुनै कटौतिनभएको अवस्थामाव्यापार व्यवसायलाई अगाडि बढाउन नपाए समस्या बढ्दै जाने बताए ।
उनले अहिले पनिकर्मचारीको तलब पूर्ण रुपमादिननसक्ने अवस्थाआइसकेकोले उद्योग वाणिज्य महासंघले दिएको सुझावअनुसार लकडाउन अवधिको तलब ५० प्रतिशतमात्रै दिने व्यवस्था गराउन सरकारसँग आग्रह समेत गरे ।
यस्तै नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर २ प्रतिशतले घटाउनु सकारात्मककदमभएको र बैंकहरुले पनित्यसमाअझ केहीकमगर्ने गरी व्यवस्थागर्न बैंकहरुलाई सुझाव समेत दिए । यसबाहेक आगामिअसार मसान्त सम्मको ब्याजतिर्ने समय थप ६ महिनादिनुपर्ने माग समेत उनले गरे । अध्यक्षदुलालले सरकारले भ्याट विवरण बुझाउने समय थपगर्नुपर्ने, कर बुझाउने अन्तिम समय पनि पुस मसान्त सम्म पु¥याउनुपर्ने लगायतकाव्यवस्थागर्न समेत माग गरे ।
यसबाहेक भन्सार परिसरमा रोकिएर बसेका सवारी साधनको शुल्कमिनाहगर्न एवं कन्टेनरको डिटेन्सनचार्ज पनिमिनाहगर्न अध्यक्षदुलाले मागगरे । उनले लकडाउन पछि कसरी व्यवसाय सुरक्षिततरिकाले सञ्चालनगर्न सकिन्छ भन्ने विषयमा नाडाले सुरक्षाप्रबन्धअवधारण गाइड ल्याउनलागेको समेत बताए ।
उनले व्यापार व्यवसाय र उद्योग प्रतिस्ठानहरु सञ्चालनमानआए देशको अर्थतन्त्रमा ठूलो क्षतिहुने भएकाले वैशाख २५ गतेपछि जसरीपनि लकडाउन खुलाउने व्यवस्थागर्न माग गरे ।