नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

१७ वैशाख, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् ।

उत्कर्षमा पुगेको विवाद हल गर्न भन्दै बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । दुई विवादास्पद अध्यादेश प्रकरणबाट जटिल र तनावपूर्ण बनेको बेला बैठक बसेकोले चासोपूर्वक हेरिएको छ ।

आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयको बैठक बोलाउने पक्षमा छैनन् । उनले जस्तोसुकै परिस्थितिको सामना गर्ने तर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा नदिने अडानमा देखिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.