काभ्रेबाट भक्तपुर भित्रिने सबैको व्यक्तिगत विवरण सङ्कलन

१७ बैशाख ७७, बिहीबार

१८ वैशाख, काठमाडौं ।
काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ ।

भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।

स्थानीय तहसँगको समन्वयमा ज्वरोमापन गर्ने काम शुरु भएको हो । नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जगाती नाकामा २४सैँ घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम हुने बताए ।

Advertisement

यसैबीच, युवा व्यवसायी समाज भक्तपुर, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घ र भक्तपुर ट्रक व्यवसायी सङ्घले संयुक्तरूपमा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बा, युवा उद्यमी समाजका उपाध्यक्ष नवीन प्रजापति, ट्रक व्यवसायी सङ्घ भक्तपुरका पूर्वअध्यक्ष महेन्द्र खायमलीलगायतले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सामग्री हस्तान्तरण गरेका थिए । (रासस)

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top