पूर्व कर्मचारीद्वारा महानगरवासीका लागि राहत हस्तान्तरण

१९ बैशाख ७७, शुक्रबार

१९ बैशाख, बिराटनगर ।
सेवानिबृत्त कर्मचारी समाज केन्द्रीय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकालाई राहत सहयोग हस्तान्तरण गरेको छ । कर्मचारी समाजले दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन भन्ने अभिप्रायले मेयर भीम पराजुलीलाई राहत हस्तान्तरण गरेको हो ।

Advertisement

यस्तो बिपद्मा यस्ता सामाजिक खालका कामहरु भोलिका दिनमा निवृत्त हुने सरकारी कर्मचारीहरुका लागि मार्गदर्शन हुने कर्मचारी समाजका केन्द्रीय अध्यक्ष पर्शुराम नेपालले बताए ।

जागिरबाट रिटार्यड भएका पूर्व सरकारी कर्मचारीहरुको छाता संगठनले नगद तथा चामल, दाल, तेल लगायतका दैनिक सामग्रीहरु एकद्धार प्रणालीबाट स्थानीय सरकारले वडा तह सम्म पुग्न सजिलो हुने भएकोले पनि महानगरपालिकालाई नै सानो राहतको प्याकेज उपलब्ध गराएको अध्यक्ष नेपालले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top