×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

१९ बैशाख २०७७

१९ बैशाख, विराटनगर ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि व्यवसायी संघले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो ।

व्यवसायी संघले ५ सय ग्रामको च्यवनप्रास ६२ ओटा, १ सय ग्रामको अश्वगन्धा चुर्ण ६२ ओटा, ६० क्याप गिलोय प्लस ३१ ओटा र १ सय ग्रामको तुलसी चिया ३१ प्याकेट मन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयुर्वेद औषधि ४४ हजार ६ सय ४० रुपैयाँको रहेको आयुर्वेद औषधि व्यवसायी संघका अध्यक्ष जगराज गिरीले जानकारी दिए ।

आयुर्वेद औषधि ग्रहण गर्दै मन्त्री घिमिरेले उपचाररत विरामीका लागि प्रयोगमा ल्याउन कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । संक्रमितको उपचारमा खटिएका चिकित्सकसँग समन्वय गरेर औषधि प्रयोगमा ल्याउन उनले निर्देशन दिएका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top