हिमपहिरोमा बेपत्ता भएकाको शव भेटियो

१९ बैशाख ७७, शनिबार

२० वैशाख, काठमाडौँ ।
गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा हराएका सबैको शव भेटिएको छ ।

हिम पहिरोमा हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुईजनाको शव शनिबार भेटिएको खोजीमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ । एक नेपाली गाइड र एक कोरियन पर्यटकको शव शनिबार विशेष फौज बाहिनी अन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले फेला पारेको नेपाली सेनाले जनाएको छ ।

दुवैको शव आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याई छ । यसअघि गएको सोमबार एकजना कोरियालीको शव भेटिएको थियो । अन्नपूर्ण गाँउपालिका–१ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका मध्ये गएको हप्ताको शनिबार दुईजनाको शव घटनास्थल नजिक मोदी नदी किनारमा भेटिएको थियो ।

Advertisement

सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव गत वैशाख ११ गते फेला परेको थियो।

कोरियाली नागरिकको शव लिन उनीहरुका आफन्त आएको भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन तथा उडान बन्द भएका कारण अन्यौल भएको छ । उनीहरुको अन्त्यष्टि यतै गर्ने वा स्वदेश नै लैजाने भन्ने बारे परिवारका सदस्यले निर्णय गर्ने कोरियाली दूतावासले जनाएको छ ।

Advertisement

आफ्नो देशका नागरिक हिमपहिरोमा बेपत्ता भएपछि उनीहरुको खोजी तथा उद्धारमा नेपालका लागि कोरियाली राजदूत पार्क यङ सिकले व्यक्तिगत रुपमै चासो देखाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top