×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना विरुद्ध उत्कृष्ट काम गर्ने विश्वका ५ महिलामा डा. रुना झा पनि

२० बैशाख २०७७

२० वैशाख, काठमाडौं ।
विश्वभर फैलिएको कोरोना भाईरस(कोभिड–१९) नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिला मध्ये एक नेपाली पनि परेकी छिन् । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा पनि परेकी हुन् ।

उनले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् । उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित नहुँदा अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ ।

मध्ये फेब्रुवरीमा चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको उनको टोली निरन्तर खटिईरहेको छ । आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन एक सय ७५ जनाकै रिपोर्ट तयार पारिएको थियो । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।

महामारी बढेसँगै उनीहरूको कामको चाप बढेको छ । तर, उनी आफ्नो तर्फबाट कर्मचारीलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् ।

उत्कृष्ट पाँचमा पर्ने अन्य महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह छन् । उनीहरु जोर्डनमा कार्यरत छन् ।

दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन् । यस्तै सूचीमा पर्ने अर्की महिला चीनकी यान सेंगलियान हुन् । उनी चीनको ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्योपचारमा संलग्न छिन् ।

उत्कृष्टको सूचीमा पर्ने अर्की महिला कजाकस्तानकी दिना स्माइलोबा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सेवामा खटिएकी छिन् भने अर्की रियान्सिया हेनरी क्यारेबियन मुलुक एन्टिगुवा एन्ड बर्मुडामा कार्यरत रहेको युएनओमनले जनाएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top