नेपाली सेनाको गाडीको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

२० बैशाख ७७, आइतबार

२१ बैशाख, बाँके । बाँके जिल्लाको कोहलपुरमा नेपाली सेनाको गाडीले एक मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
त्यसैगरी सो दुर्घटनामा एक महिला घाइते भएकी छन्।

कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह.६३४१ नंको गाडीले भे४ प.७६२० नंको मोटरसाइकललाई ठक्कर दिदां कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

साँग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्जमा कार्यरत २७ वर्षीया दिदी प्रतीक्षालाई लिएर घर फर्किने क्रममा उक्त दुर्घटना भएको हो। नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकल एनटिभी रोड क्रस गर्दैगर्दा एकआपसमा जुधेका थिए।

Advertisement

घटनामा घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिएका छन्। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top