×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

खोरिया फाँडेर केरा खेती : वर्षौं बाँझिएको जमीन हरियाली

२१ बैशाख २०७७

२१ बैशाख, काठमाडाैँ ।

कोरना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमीनलाई हरियाली बनाउन शुरु गरेका छन् । अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छाडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमीन र खोरियाखर्कमा परिश्रम गरिरहेका भेटिन्छन् ।

Advertisement
Advertisement

म्याग्दीको बेनी नगरपालिका, मालिका, मङ्गला, धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमीनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाहरुले धमाधम केरा, फलफूल र तरकारी लगाएका छन् । कतिपय ठाउँहरुमा वर्षौँदेखि बाँझिएर रहेका खोतीयोग्य जमीनमा अहिले मकैका बिरुवा हरिया भएका छन् । काठमाडौँ बागबजारस्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाइली लकडाउनको कारण गाउँमा फर्किएर वर्षौँदेखि बाँझिएको बारीमा खनजोत गर्न व्यस्त छन् ।

काठमाडौँको गोङ्गबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका–२ का गणेश थापा गाउँमा फर्किएको एक महिनाभन्दा बढी भयो । यो एक महिनाको अवधिमा उनले १४ रोपनी पाखोबारीमा २०० बढी केराको बिरुवा लगाएर भ्याइसकेका छन् । त्यसैगरी सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्कीले विद्यालय बन्द भएको अवसरलाई सदुपयोग गरी २० रोपनीभन्दा बढी क्षेत्रफलको खोरिया फाँडेर ५०० भन्दा बढी केराका बिरुवा लगाएका छन् ।

रसाइली, थापा र कार्कीजस्तै म्याग्दीका धेरै युवा अहिले कृषिकर्ममा खटिएर लागेका छन् । कृषिकर्ममा लागेका अधिकांश युवाले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन् । मिनिटेलरलगायतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्न व्यस्त देखिन्छन् ।

बेनी नगरपालिका–४ सिङ्गाको फाँटमा गोरुद्वारा खेत जोतिरहेका नारायण पौडेलले मौलिक विधिद्वारा खनजोत गर्न आनन्द आउनुका साथै माटो पनि धुलौटो (मसिनो) हुने हुँदा हलोले जोतेको बताए । म्याग्दीका अधिकांश ठाउँमा पौडेलले जस्तै रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषिकर्म गरेको देखिन्छ । यसरी कृषिकर्ममा लागेका युवाले अवसरलाई चिन्न सकेमा अहिले भइरहेको हाम्रो खाद्यान्नमाथिको परनिर्भरतालाई न्यूनीकरण गर्न लकडाउनको अवधि कोसेढुङ्गा सावित हुने बताउँछन् ।

“हिजो हाम्रा पूर्वजको माटो सुहाउँदो कृषि प्रणाली र अन्न तथा तरकारी बालीका बीउबिजन सञ्चितीकरण गर्ने ज्ञान र प्रविधिलाई ब्युँत्याउन आवश्यक छ”, म्याग्दीको बिमस्थित कृषि प्राविधिक शिक्षालयमा आइएससी (एजी) तेस्रो सेमेष्टरमा अध्ययनरत विनिता शर्माले भने, “हरित क्रान्ति विकास र समृद्धि होइन हाम्रो परम्परागत एवं रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको प्राङ्गारिक कृषि प्रणालीलाई पुनः ब्युँत्याउनुपर्छ ।”

धान फल्ने खेतमा पनि केराखेती

धानलगायतका खाद्यान्न बालीबाट भन्दा केराखेतीबाट बढी आम्दानी हुने भएकाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रागह्रामा व्यावसायिकरूपमा केराखेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका छन् । अन्न बालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केराखेती गरिएको कृषकहरु बताउँछन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केराखेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताए । कार्कीले खेतका गह्रामा २५० केराका बिरुवा लगाएका छन् ।

त्यसैगरी अर्का कृषक भीमबहादुर कार्कीले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । “खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा खेतैभरि केरा लगाएको हुँ”, कार्कीले भने । यहाँका सबै कृषकले केराखेती गरेका छन्, गाउँको करिब नौ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ ।

करिब २० कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश÷पन्ध्र घारी केरा नलगाएको घर नै छैन । विष्णु शर्मा, अम्बिका शर्मा, सरिता शर्मा, चन्द्रबहादुर घिमिरे, कृष्णप्रसाद रिजाल, भीमबहादुर कार्की, खिमबहादुर कार्की, दुर्गाबहादुर थापालगायतका कृषकले धान फल्ने खेतमै केराखेती विस्तार गरेका छन् । गत वर्ष जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका थिए । पकाएको प्रति १२ कोसा रु १०० का दरले बिक्री हुने गरेको छ । एउटै घरीबाट रु एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरुले बताएका छन् ।

खबरा बन्यो केरागाउँ

बेनी नगरपालिका–२ को खबरागाउँ पहिले खोरियागाउँ भनेर चिनिन्थ्यो तर यहाँका बासिन्दाको अथक मेहनत र कृषि मोहका कारण अहिले यो गाउँ कृषिगाउँ अझ केरागाउँका रूपमा चिनिन थालेको छ । यहाँका सबै कृषकले केराखेती गरेका छन् । करिब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ ।

धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केराखेती गरेर लगाएको डेढ वर्षमै लाखौँ आम्दानी लिन थालेका छन् । अन्न बालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन् । यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक रु ५० लाख भित्र्याउने गरेका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केराखेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए । “यहाँका सबै कृषकले केराखेती गरेका छन्, गाउँको करिब १८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ”, सापकोटाले भन्नुभयो, “खबराको मुख्य आम्दानीको स्रोत भनेकै केराखेती हो ।”

Advertisement

कृषि ज्ञान केन्द्र म्याग्दीले पनि किसानहरुलाई फलफूल र तरकारी खेतीमा प्रोत्साहित गरिरहेको छ तर स्थानीय निकायले कृषकलाई दिने अनुदानमा भने विभेद गर्ने गरेका गुनासा सुनिएका छन् । स्थानीय सरकारले किसानको आर्थिक वृद्धिसँगै आत्मसम्मानलाई उँचो बनाउन कृषक पेन्सन र कृषिलाई पहिलो पेशामा विकास गर्न दीर्घकालीन योजना बनाउन आवश्यक देखिएको कृषि प्राविधिक शिक्षालय बिमका संयोजक करन कँडेलले बताए।रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top