राहत नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध नाराबाजी, कार्यालय घेराउ

२१ बैशाख ७७, सोमबार

२२ वैशाख, महोत्तरी ।
राहत वितरण नगरेको भन्दै स्थानीयले मोहत्तरीको साम्सी गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।

गाउँपालिका घेराउ गर्न पुगेका उनीहरुले जनप्रतिनिधि र कर्मचारीविरुद्ध नाराबाजी गरेका थिए । लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या हुँदा समेत गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बितिसक्दा समेत राहत वितरण हुन सकेको छैन । खाद्यान्न नभएपछि आक्रोशित बनेका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । गाउँपालिकाबाट राहत वितरण गर्न ७ वटा वडालाई १० लाखको दरले बजेट पठाएको थियो ।

Advertisement

तर, वडा कार्यालयहरुले राहतको सट्टा मास्क र सेनिटाइजर मात्रै बाँडेको पाइएको छ । गाउँपालिकाका अध्यक्ष शेष फारुकले राहत वितरणका लागि वडा कार्यालयलाई रकम उपलब्ध गराएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top