×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना संक्रमित ७५ पुग्दा कर्णाली प्रदेश सुरक्षित

२२ बैशाख २०७७

२२ बैशाख, काठमाडौँ ।
नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् । कुल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा संक्रमण दखिएको प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यसैगरी प्रदेश नम्बर ५ मा १७ र प्रदेश नम्बर २ मा १३ जनामा संक्रमण देखिएको छ । यस्तै बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको उनले बताए । संक्रमित ७५ मध्ये ५८ पुरुष र १६ जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए ।

अहिले १ सय ६ जना शंकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा १ र उपत्यका बाहिर १ सय ५ जना उपचाररत रहेका छन् । देशभरी २१ हजार ५ सय २३ क्वारेन्टाइनमा रहेका छन् । आजसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जना नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा ५ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ३६ र बागमती प्रदेशमा ८ हजार ६ सय १० जनाको आरडिटी परीक्षण भएको छ । यस्तैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ३१, कर्णाली प्रदेशमा ८ हजार १ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top