२२ वैशाख, सर्लाही ।
सर्लाहीको कबिलाशी नगरपालिका–३ बिनगरामा अचानक आएको हावाहुरीले उडाएको जस्ताले लागेर एक युवकको मृत्यु भएको छ।
सोमबार १९ वर्षीय राजेश यादवको मृत्यु भएको हो। आफ्नै २ तले घरको जस्ताको छानोलाई हावाले उडाएपछि यादवलाई चोट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।