×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

बन्दाबन्दीमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग

२४ बैशाख २०७७

२२ चैत, भक्तपुर ।

देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको पाइएको छ ।

Advertisement
Advertisement

सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनको अगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्यादसम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका पासको दुरुपयोग गर्दै गाडी गुड्ने गरेका छन् । बुधबार बिहान ९ बजे जडीबुटी र लोकन्थलीको सिमानामा रहेको मनोहरा खोला पुलमा नेपाल रेडक्रस सोसाइटीले सवारी साधनमा किटनाशक औषधि छर्कने लाइन छिचोल्दै प्रेस ज्योकेट लगाएका व्यक्ति सवार ट्याक्सी आयो । पछाडि सिटमा महिला पुरुष गरी चारजना थिए ।

प्रहरी हवल्दारले निकै केरकार गर्दा पनि प्रेसको ज्याकेट र कार्ड देखाउँदै अगाडि बढ्यो । रिसाउँदै हवल्दारले भने, ‘सरकारले लगाएको नियम पनि यी प्रेसलाई नलाग्ने रैछ, खै कुन युट्युव च्यानलको पत्रकार रे, बनेपा जान लागेको भनेर थर्काएर गयो, हैन यिनलाई कानून लाग्दैन कि क्याहो ?’

ड्यिुटीमा खटिएका अर्का प्रहरी कराउँदै थिए, ‘कसैलाई छोड्यो भने पनि पहुँचवालालाई छाड्यो भनेर समाचार लेख्छन्, रोक्न खोजे पनि प्रेसलाई रोक्यो भन्छन्, हामीलाई जसरी पनि सुख छैन ।’ आधाघण्टाको अवधिमा पहेँलो ज्याकेट लगाएका ११ वटा मोटरसाइकल गए । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले भने, ‘हैन, पत्रकार पनि घरमै बसेर काम गर्छन् भन्या हैन, यो सडकमा आधा त पहेँलो ज्याकेट लगाएका मात्रै कुद्छन्, के हो ?’

सडकमा प्रेस नलेखिएका तर पहेँला ज्याकेट लगाएका अन्य सवारी साधन पनि प्रेसकै भेषमा कुँदिरहेका देखिन्थे । कतिपय गैरपत्रकारले पनि प्रेस लेखिएको ज्याकेट लगाए्र कुद्ने गरेको लोकन्थलीमा ड्युटीमा रहेका प्रहरी गुनासो गर्दै थिए । प्रेस लेखेको ज्याकेट लगाउँछन्, न परिचय पत्र छ, न हातमा क्यामरा, न त कापीकलम नै बोक्छन् । ज्याकेट लगायो हिँड्यो हामीलाई गाह्रो छ । सञ्चारकर्मीको पोशाक सबभन्दा धेरै दुपयोग भएको ड्युटीमा रहेका प्रहरीको गुनासो थियो ।

अत्यावश्यक समाचार सङ्कलनबाहेक अधिकांश सञ्चारमाध्यमका समाचारदाता घरबाटै समाचार बनाइरहेको अहिलेको अवस्थामा सञ्चारगृहका क्यामराम्यान र समाचारवाचक मात्रै सडकमा कुद्नुपर्ने भए पनि पहेँलो ज्याकेट लगाएर दैनिक करिब १३० भन्दा बढी मोटरसाइकल भक्तपुरको ६ लेन सडकमा गुड्ने गरेको प्रहरीको भनाइ छ । पत्रकारको मात्रै होइन नेपाली सेना र प्रहरीको पोशाकसमेत दुरुपयोग हुने गरेको पाइएको छ । विशेषगरी अवकाश लिइसकेका नेपाली सेना र प्रहरीले आफ्नो पुरानो पोशाक लगाएर विभिन्न काम गर्ने गरेको पाइएको छ ।

नेपाली सेनाबाट आठ वर्षअघि नै अवकाश लिएर बसेका सुवर्ण बस्नेत दैनिक ललितपुबाट भक्तपुर हुँदै बनेपासम्म जाने आउने गर्छन् । सेनामा रहँदाको आफ्नो पुरानो पोशाक लगाएर जडीबुटी मनोहराबाट दैनिक निस्कने बस्नेत जडीबुटी, थिमि, सूर्यविनायक, जगाती हुँदै ओहोरदोहोर गर्छन् भने व्यक्तिगत कारोवार र ठेक्कापट्टाको कामका लागि बनेपासम्म पुग्ने गर्छन् ।

जडीबुटीदेखि जगातीसम्ममा जडीबुटी पुल, कौशल्टार, गठ्ठाघर, थिमि शङ्खधरचोक, राधेराधे, सल्लाघारी, सूर्यविनायक र जगातीसम्मको चेकप्वाइन्ट सजिलै पार गरेर जाने आउने गर्छन् । नेपाली सेना र प्रहरीको पोशाक लगाएको देखेपछि कुनै पनि चेकप्वाइन्टमा प्रहरीले रोक्दैन, न त परिचयपत्र नै हेरिन्छ ।

यो एउटा उदाहरण मात्रै हो, पोशाक लगाएर सेना, प्रहरी र पत्रकारको नाममा व्यापक बन्दाबन्दीको उल्लङ्घन हुँदा पनि उनीहरुलाई रोकेर प्रहरीले परिचयपत्र नमाग्ने गर्दा व्यापकरुपमा पोशाकको दुरुपयोग हुने गरेको गुनासो बढेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीका सुवास न्यौपानेले प्रहरी र सेनाबाट अवकाश पाइसकेका व्यक्तिसमेत आफ्नो पुरानो पोशाक लगाएर हिँड्ने गरेको बताउँदै सेना र प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिँड्नेको पनि परिचयपत्र खोज्नुपर्ने बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पोशाकको दुरुपयोग हुने गरेको गुनासो आएको बताइन् । जुन सञ्चारगृहमा काम गर्ने हो, सोही सञ्चारगृहको नाममा सूचना विभागबाट परिचयपत्र लिएका पत्रकारलाई ओहोरदोहोर गर्न दिने माथिल्लो निकायबाट परिपत्र भएको जानकारी उनले दिइन् । प्रजिअ पाण्डेले भनिन्, ‘पत्रकारको ज्याकेट लाएर गैरपत्रकारले दुरुपयोग गरेको व्यापक गुनासो आएको छ । ज्याकेटको दुरुपयोग रोक्न पत्रकार महासङ्घ आफैँ पनि लाग्नुपर्ने हो । अब माथिल्लो निकायबाट आएको परिपत्रअनुसार सूचना विभागको परिचयपत्र हेर्ने गरी कडाइ गर्नेछौँ ।’

उनले नेपाली सेना र प्रहरीको पोशाक लगाएर ओहोरदोहोर गर्नेहरुलाई पनि परिचयपत्र हेर्न प्रहरीलाई आजैबाट निर्देशन दिने बताइन् । उनले भनिन्, ‘पत्रकारको मात्रै हैन, सेना र प्रहरीको पोशाकको पनि लकडाउनमा दुरुपयोग भएको सुन्यौं, आजै तीनवटै सुरक्षा निकायको प्रमुखसँग छलफल गरेर पोशाक लगाउनेको पनि परिचयपत्र जाँच गर्ने र परिचयपत्र नहुनेलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’

Advertisement

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले पत्रकारको मात्रै नभई नेपाली सेना र नेपाल प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिँड्नेहरुको समेत परिचयपत्र हेर्न आजैबाट निर्देशन दिने बताए । सेना प्रहरीको पोशाक दुरुपयोग गरेको पाइए कारवाही गर्ने उनले बताए ।–रमेश गिरी /रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top