गौहत्याको आरोपमा रुपन्देहीमा ३ जना पक्राउ

२४ बैशाख ७७, बिहीबार

२५ वैशाख, रुपन्देही ।
रुपन्देहीमा गाई काटेर खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

देवदह नगरपालिका १० भलुहीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । स्थानीय ज्ञानबहादुर केसीले पाल्नका लागि रामप्रसाद पराजुलीलाई दिएको गाई र बाच्छी हराएपछि घटना बाहिर आएको हो ।

रामप्रसाद पराजुली, सुकबहादुर परियार र प्रदिप पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईले बताए । गाई काट्ने र खाने कार्यमा उनीहरूको संलग्नता भेटिएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Advertisement

हराएको गाई र बाच्छी खोज्दै जाँदा रोहिणी सामुदायिक वनमा खाल्डो खनेर एउटामा माउ गाई र अर्को खाडलमा बाच्छीको टाउको , खुट्टा आदि फेला परेको थियो ।

यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिका ११ जितवापुर गाउँको पूर्वमा रहेको पोखरीमा अन्यत्र गाई काटेर छाला र आन्द्रा पोको पारेर फालिएको अवस्थामा फेला परेको भन्दै प्रदेश सभा सदस्य फकरुद्दीन खानले अनुसन्धानको लागि प्रदेश सरकारसँग माग गरेका छन्।

Advertisement

सदस्य खानले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान चलिरहेको बेला लुम्बिनीमा स्थानीयबीचको सामाजिक र धार्मिक सहिष्णुता खलल पार्ने उद्देश्यले घटना भएको हुनसक्ने भएकोले अनुसन्धान गर्न माग गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top