२५ वैशाख, काठमाडौं ।
शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोनाभाइरस परीक्षण सुरु गरिएको छ ।
सांसदहरुको कोरोनाभाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ । त्यसकालागि बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधि सभा सांसदहरुको स्वाब संकलन सुरु गरिएको छ । स्वाब संकलन संघीय संसद भवन परिसर बानेस्वरमा गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण कामभएको र हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवस्यक रहेको बताए । उनले सुरुमा प्रभावित क्षेत्रका सांसदहरुको मात्रै परीक्षण गर्ने भनिएपनि प्राविधिकहरुको सुझावका आधारमा सबै सांसदहरुको परीक्षण गर्न लागिएको बताए ।
उनले परीक्षण नगरी संसद सञ्चालन गर्दा कारण बस संक्रमण फेला परेमा हाउस बन्द हुने र महत्वपूर्ण कार्य नै बन्दहुने अवस्था आउने भएकाले परीक्षण गरिएको बताए ।
कार्यव्यवस्था परामर्श समितिले पनि संसद भवन छिर्नेहरु सबैको कोरोनाभइरस परीक्षण सहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।
संसद बैठक स्थलमा पनि सांसदहरु बीचको दुरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँचगर्नुपर्ने व्यवस्था गरिएको छ ।