×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

प्रवासी नेपालीको नेपाल सरकारलाई मर्मस्पर्शी खुला पत्र

२५ बैशाख २०७७

श्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु ,
सिंहदरवार बालुवाटार काठमाडौं ।

Advertisement
Advertisement

विषय : भारतमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्नुपर्ने बारेमा

सम्माननीय प्रधानमन्त्री तथा नेपाल सरकार उच्च पदमा बस्नु भएका मन्त्री ज्युहरू उपरोक्त विषय सम्बन्धमा अहिले विश्वभर ( कोभिड १९) महामारीले मानव जातीलाई ठूलो आतंकित बनाएको कुरा सर्बविदितै छ , जसले सम्पूर्ण विश्वको जनजीवन असहज भएको छ , त्यसमा पनि जनजिविकाको सवालमा प्रत्यक्ष असर मजदुरहरुमा बढी परेको छ । गरिव र हाम्रो देशमा रोजगार नभएको कारणले नेपालबाट भारतमा मजदुरी तथा अन्य कामको शिलशिलामा जानेको संख्या अधिक छ । त्यसमा पनि सुदूरपश्चिम प्रदेशबाट भारतमा मजदुरी गर्न जानेको संख्या अरु प्रदेशको तुलनामा निकै धेरै छ । जुन समस्याका बारेमा तपाईहरूलाई जानकारी नै छ होला ।

कोभिड १९ नियन्त्रण गर्नका लागि भारत र नेपालमा लकडाउन भएका ४५ दिन बढी भयो र अझै लकडाउन थप भएको छ । यो कहिलेसम्म जारी रहन्छ अनिश्चित छ । जसले गर्दा जीवन झनै कष्टकर भएको छ । यो कोरोनाको कारणले भारतमा ठूलाठूला होटल, कम्पनी ब्यबसायहरू बन्द भएकाछन ,जसको कारणले भारतमा रहेका नेपाली मजदुरहरुले काम गरेर खाने अवस्था छैन । काममा जान नपाएको ५२ दिन भयो । कोही काम बाट निकालिएका छन, कोही कामको लागि लकडाउन हुनुभन्दा ८/१० दिन अगाडी मात्रै भारत आएका छन् । कोही औषधी उपचार गर्न आएर यतै फसेका छन, कोही भोकभोकै बसेको प्रत्यक्ष हामीले देखेका छौँ । घरपरिवार एकातिर छन,हामी एकातिर छौ ।घरको चिन्ता उत्तिकै छ, सिमा नाका बन्द छ । अर्काको देशमा न त सरकारले हेर्छ न ता हाम्रो महामहिम राजदूतले हेरेका छन । न त अधिकार दावी गर्ने ठाउँ नै भयो । आफ्नो पीडा सामाजिक संजालमा पोखिराखेका छौँ ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो बारेमा केही चिन्ता गर्छ कि भन्ने पर्खाइ र सिमा नाका कहिले खुल्ला र घर फर्कन पाउँला भन्दै तड्पिएर बसेका छौ । आफ्नो देशको नागरिकको जीउ धनको सुरक्षा गर्नु राज्यको जिम्मेवारी र कर्तव्य हो । भारतमा संक्रमितको संख्या बढ्दै गएकोले भारतमा रहेका हामी नेपालीहरु असुरक्षित र त्रसित भएका छौ भन्ने कुरा प्रष्ट नै छ । यस्तो विषम परिस्थितिमा कुनै पनि तहको सरकारले भारतमा मजदुरी गर्ने नेपालीहरुको उद्दार तथा राहतको लागि केही पहल गरेको तथा प्रक्रिया थालनी गरेको समाचार सुन्नमा आएन ।

तसर्थ सम्पूर्ण भारतमा बस्ने नेपाली दाजुभाई दिदिबहिनीहरुको पीडालाई महशुस गर्दै , नेपाल सरकार मार्फत भारत सरकारसंग समन्वय गरि सम्झौता गरि अलपत्र परेका नेपालीहरूलाई नेपालमा लगेर क्वारेन्टाईनमा राखेर सम्पूर्ण भारतमा अलपत्र परेका नेपाली नागरिकहरू को पीड़ा लिएर भारतभरी अलपत्र परेका नेपाली हरूको उद्धार गरि ब्यबस्थित ढङ्गले आफ्नो नागरिकलाई आफ्नो देश फर्काउन नेपाल सरकारलाई यसै पत्र मार्फत आग्रह र बिनम्र अनुरोध गर्दछु ।

Advertisement

भारतको महाराष्ट्र पुनाबाट
गणेशसिंह पुजारा
महाकाली नगरपालिका चाँदनी २, कञ्चनपुर

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top