×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

कोशी अस्पतालबाट उदयपुरका कोरोना संक्रमित थप ८ जना डिस्चार्ज

२६ बैशाख २०७७

२६ बैशाख, विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत उदयपुरको भुल्केका थप ८ जना संक्रमितहरु कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् ।

लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरु डिस्चार्ज भएका हुन् । उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए ।

Advertisement
Advertisement

अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोनामुक्त पुष्टि भएपछिडिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । शुक्रबार कोरोना जितेर डिस्चार्ज भएकाहरुमा उदयपुरका अजाद आलम, मो, परबेज आलम, मुख्तार मियाँ र रौसन खातुन, विराटनगरका आइमुन मियाँ र इजरायल मिया तथा भारतीय नागरिक मो. आदिम छन् ।

डिस्चार्जपछि पनि उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगिता मिश्राले जानकारी दिए । डिस्चार्ज भएकामध्ये ७ जनालाई विराटनर रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ भने उदयपुर भुल्केकी महिलालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ ।

भुल्केको मस्जिदमा बसेका भारतीय जमाती एक जना, मस्जिदमै रहेका विराटनगर १७ का २ जना र एक महिलासहित भुल्केका स्थानीय ५ जना डिस्चार्ज भएका हुन् । उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।

चिकित्स्कीय निगरानीमा रहेका उनीहरुले कुनै औषधि सेवन नगरी आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेको अस्पतालले जनाएको छ । प्रदेश १ मा भेटिएका ३१ संक्रमितमध्ये १४ जना डिस्चार्ज भएकोले अब अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् । अस्पतालबाट कोरोनामुक्त भएकाहरुलाई केही समय क्वारेन्टाइनमा राखिनेछ ।

Advertisement

यसअघि डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ । (रासस)

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top