×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महाराष्ट्रमा मालवाहक रेलले किच्दा १६ मजदुरको मृत्यु

२६ बैशाख २०७७

२६ वैशाख, एजेन्सी ।
भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ ।

शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा एक जना गम्भीर घाइते भएको र तीन जना भने भाग्न सफल भएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

एउटा स्टील कारखानामा काम गर्ने २० मजदुरहरु जालनाबाट भुसावलतर्फ जाने क्रममा दुर्घटना भएको बताइएको छ । मध्य प्रदेश जाने श्रमिक स्पेसल रेल भेट्टाउन भुसवालतर्फ हिँडेका ती मजदुर थाकेपछि रेल्वे ट्रयाकमै सुतेको बताइएको छ ।

जाल्नाबाट भुसावलबीचको दूरी करिब १५० किलोमिटर रहेको ४५ किलोमिटर हिँडिसकेपछि उनीहरु रेल्वे ट्रयाकमै सुस्ताएको प्रहरीले बताउको छ । उनीहरु सुतिरहेका बेला मालवाहक रेलले बन्दनपुर कर्माड स्टेसनबीचको ठाउँमा किचेको हो ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मध्य प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top