×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

२७ बैशाख २०७७

२७ वैशाख, काठमाडौं ।
नेपालमा कोभिड–१९ संक्रमितको संख्या १०९ पुगेको छ ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका तीन जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भुल्केका १८, ४५ र ६० वर्षीया महिलामा संक्रमण फेला परेको हो । भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्य विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताइन् । अन्यको स्वाब परीक्षण जारी रहेको उनले बताइन् ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कपिलवस्तुका तीनै जना संक्रमित मायादेवी गाउँपालिका–१, पकडीस्थित छत्रपाली तिर्थादेवी मावि क्वारेन्टाइनमा बसेका थिए । ३ जनामध्ये मायादेवी गाउँपालिका वडा नम्बर २, अभिरावका एक जना छन् । त्यस्तै शुद्धोदन गाउँपालिका–६ का एक जना र अर्का मायादेवी गाउँपालिका ८, बिजुवाका हुन् ।

अभिरावका युवा २३ गते राति क्वारेन्टाइन पुगेका थिए । बिजुवा र शुद्धोदनका युवा २० गते मुम्बईबाट फर्केका हुन् । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ५ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या ३० जना पुगेको छ ।

तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top