२७ वैशाख, एजेन्सी ।
भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
जसमध्ये एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए । संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ ।
दूतावासका अनुसार मृत्यु हुनेमा हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन् । पाल्पा घर भएका ती संक्रमित नेपाली कामकै सिलसिलामा रोहतकमा बस्दै आएका थिए ।