२७ वैशाख, विराटनगर ।
विश्व महामारी कोभिड–१९ का कारण हालसम्म विभिन्न देशमा गरी ४० लाखबढि संक्रमित भएका छन् ।
दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १४ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । जसमध्ये १३ लाख ८५ हजार भन्दा धेरैजना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।
उपचार गराइरहेका २३ लाख ५२ हजारमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको पनि वर्ल्डओमिटरले जनाएको छ । कोरोनाका कारण अहिलेसम्म २ लाख ७६ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विभिन्न देशमा गरि साढे ५ हजार ५ सय ३४ जनाको ज्यान गएको छ ।
कोरोना सङ्क्रमित र ज्यान गुमाउने सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छन् । अमेरिकामा अहिलेसम्म १३ लाख २२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, इटालीमा ३० हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ ।
भारतमा कोरोना सङ्क्रमितको संख्या साढे ५९ हजार नाघेको छ । हिजो ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ अहिलेसम्म १ हजार ९ सय ८५ जनाको ज्यान गएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।