×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मलेसियामा २० जना नेपालीमा कोरोना सङ्क्रमण

२७ बैशाख २०७७

२७ वैशाख, काठमाण्डौ ।
शुक्रबारसम्म मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतिक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो ।
उनकाअनुसार सङ्क्रमितमध्ये तीन जना निको भएका छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको र मलेसियन सरकारले नै सङ्क्रमितको उपचार गरिरहेको पनि कार्कीले बताए ।

पछिल्लो समय सुरक्षा गार्डमा पनि सङ्क्रमण भएको भन्ने कुरा आएको छ, तर दूतावासमा आधिकारिक जानकारी आएको छैन’ उनले भने, अहिले दूतावासमा जानकारी आएअनुसार २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।’

बिहीबार साँझ मलेसियन सञ्चारमाध्यम द स्टारले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको एक मलमा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको जनाएको थियो ।

घर फर्कन २६ सयको आवेदन

दूतावासले अनलाइनमार्फत सङ्कलन गरेको तथ्याँकअनुसार शुक्रबारसम्म २६ सय जनाले घर फर्कन पाउँ भन्दै आवेदन दिएका छन् ।

द्वितीय सचिव कार्कीका अनुसार दूतावासले अनलाइनमार्फत आफ्नो विवरण भर्न भनेकोमा शुक्रबारसम्ममा २६ सय जनाले फारम भरेका हुन । कोरोनाका कारण कुनै समस्या भएमा अनलाइनमार्फत विवरण भरी आफ्नोबारेमा जानकारी दिन उनले अनुरोध गरेका छन् । घर फर्कन नचाहनेले पनि आफ्नो समस्या टिपाउन सक्नेछन् ।

सबै जनाले आफूलाई परेको समस्या दूतावासमा राखेमा कसलाई के समस्या परेको छ भन्ने जानकारी दूतावासलाई हुने र पछि समन्वय गर्न सजिलो हुने कार्कीको भनाई छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top