नेविसंघका विद्यार्थीको माग: पानीजहाज होइन सीमा जोगाउ

२८ बैशाख ७७, आइतबार

२८ बैशाख, विराटनगर ।
नेपाल विद्यार्थी संघले भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएकोमा विरोध जनाएको छ । नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ्गको आयोजना र नेपाल विद्यार्थी संघ मोरङको सहकार्यमा लिम्पियाधुरा र कालापानीमा भारतद्वारा सडकमार्ग निमार्ण गरेकोमा विरोध जनाउदै सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाउदै विद्यार्थीहरुले पानीजहाज र रेल नचाहिएको भन्दै हाम्रो भुमिको सुरक्षा चाहिएको उल्लेख गरेका छन । ज्ञापनपत्र बुझाउदै विद्यार्थी नेता ई.राजु तामाङले तुरुन्त कुटनितिक पहल गरि यसको समाधान गर्नु पर्ने बताए ।

मुलुकको राष्ट्रिय सुरक्षा माथि नै प्रहार हुने गरि छिमेकी राष्ट्रबाट भएको यस खालको गतिविधिका सन्दर्भमा नेपाल सरकारको धारणा माग गर्दै अविलम्ब “प्रोटेस्ट नोट” भारत सरकारलाई पठाउनको लागि आग्रह गरिएको नेविसंघ इस्टर्न कलेज अफ इन्जिनियरिङ्गका सभापति ई.मिलन श्रेष्ठले बताए । नेविसंघ नेता योगराज दाहालले राष्ट्रिय स्वाधीनता देशको रक्षाको लागि सदैव नेपाल विद्यार्थी संघ तत्पर रहेको बताउदै कुनैपनि जनविरोधी राष्ट्रघाती कदमविरुद्ध नेविसंघ सडकमा सदैव उत्रिएने बताए ।

Advertisement

लकडाउनको समयमा ज्ञापनपत्र बुझाउन नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल ट्रेड युनियनका नेता तथा नेपाल विद्यार्थी संघका सबै स्थानिय तहबाट आएका विद्यार्थी नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top